logo
  • २९ आश्विन २०८२, बुधबार | Wed, 15 Oct 2025
  • ३४ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस प्यूठानमा पनि मनाइयो

    • bouddhatimes bouddhatimes
    • १५ आश्विन २०८१ मंगलवार
    ३४ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस प्यूठानमा पनि मनाइयो

    माण्डवी अनलाइन प्यूठान । 

    ३४ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस आज प्यूठानसहित विश्वभर मनाइएको छ । बयोवृद्ध एवं अनाथ संरक्षण मञ्च प्यूठान र जेष्ठ नागरिक संघ प्यूठानले संयुक्त रुपमा विजुवारमा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख धरमबहादुर जिसीले छिट्टै वयोवृद्ध जेष्ठ नागरिक सेवा केन्द्र आप्mनै भवनबाट सञ्चालन हुने विश्वास व्यक्त गर्नुभएको छ ।
    वयोवृद्ध जेष्ठ नागरिक सेवा केन्द्र भवन स्वास्थ्य कार्यालयले प्रयोग गर्दै आएकोमा स्वास्थ्य कार्यालय भवन निर्माण प्रक्रिया अगाडि बढेकोले जिल्ला समन्वय प्रमुख जिसीले यस्तो विश्वास व्यक्त गर्नुभएको हो ।

    दिवसका अवसरमा प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रले जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको थियो । सोही अवसरमा आयुर्वेद स्वास्थ्य केन्द्र्रका थानेश्वर न्यौपानेले स्थानीय जडिबुटीको प्रयोग विधिबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
    बयोवृद्ध एवं अनाथ संरक्षण मञ्च प्यूठानका अध्यक्ष शालिग्राम पण्डितको अध्यक्षतामा आयोजित कार्यक्रममा जेष्ठ नागरिक संघ प्यूठानका अध्यक्ष गेहराज पण्डितले कार्यपत्र प्रस्तुत तथा सहभागीलाई स्वागत गर्नुभएको थियो ।
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमा सुवेदी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, प्यूठान नगरपालिकाका प्रवक्ता सुमनराज श्रेष्ठ, प्यूठान नगरपालिकाका पूर्व नगर प्रमुख अर्जुनकुमार कक्षपती, लगायत जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।
    सो अवसरमा सत्य साइ केन्द्रका नागेशचन्द्र सुवेदीले भजन गाएर जेष्ठ नागरिकलाई नैतिक शिक्षा तथा मनोरञ्जन प्रदान गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन रामेश्वरप्रसाद राजभण्डारीले गर्नुभएको थियो । अंग्रेजी महिनाको अक्टुवर १ तारिखका दिन विश्वभर अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसम मनाइदै आएको छ ।



    bouddhatimes bouddhatimes    
  • १५ आश्विन २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP