logo
  • २४ जेष्ठ २०८३, आईतवार | Sun, 07 Jun 2026
  • सरुमारानीमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु

    • bouddhatimes bouddhatimes
    • १३ आश्विन २०८१ आईतवार
    सरुमारानीमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु

    प्यूठान । सरुमारानी गाउँपालिकामा डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजि गरि लार्भा नष्ट गर्ने अभियान थालिएको छ । सरुमारानी गाउँपालिकाको आयोजनामा वडा स्तरमा उक्त अभियान थालिएको हो । लगातारको बर्षा र असोज, कार्तिक महिनामा डेंगु रोगको प्रकोप बढ्न सक्ने भएकाले डेंगु लगाएतका किटजन्य रोगहरुको सचेतना तथा नियन्त्रणको लागि जनचेतनामूलक कार्यक्रम सहित डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजेर लार्भा र प्युपा नष्ट गर्ने अभियान शुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले जानकारी दिए । “धेरै पानी परेको समय भएकाले डेंगु रोग यही समयमा बढी फैलने खतरा हुन्छ, त्यसैले यसको नियन्त्रणका लागि अभियान थालेका हौं”,उनले भने ।

    रायमाझीका अनुसार वडा नंम्बर ३, ४ र ५ वडामा अभियान संञ्चालन गरिएको छ । बाँकि रहेका वडाहरुमा पनि एक दुई दिनमै अभियान संञ्चालन गर्ने बताए । वडा नंम्बर ३ मा आज एक कार्यक्रममा बिच अभियान संञ्चालन गरिएको छ । अभियानका लागि हंशपुर स्वास्थ्य चौकीमा जनप्रतिनिधि, स्थानिय, शिक्षक, बिद्यार्थी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंमसेवीका, आमा समुह, टोलविकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिलाई डेंगु रोग तथा यसबाट बच्ने उपायका बारेमा अभिमुखीकरण गरिएको वडा नम्बर ३ का वडाध्यक्ष भिम बहादुर मर्साङ्गीले जानकारी दिए । ३ नम्बर वडाको बजारमा डेंगु नियन्त्रण गर्ने सम्बन्धि बिभिन्न प्लेकार्ड सहित ¥याली गरिएको थियो ।

    कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझी, हंशपुर स्वास्थ्य चौकी इन्चार्ज सरोज कुमार भट्ट र सरुमारानी गाउँपालिकाका पब्लिक हेल्थ नर्स सिर्जना नेपालीले डेंगु सर्ने तरिका, यसका लक्षण, बच्ने उपाय तथा उपचार विधि, कुनै पनि भाँडामा पानी जम्न नदिने लगायतका अन्य महत्वपूर्ण बिषयमा प्रशिक्षण दिएका थिए । भाँडामा जमेको पानीमा डेंगु सार्ने लामखुट्टे हुर्कने भएकाले त्यस्ता भाँडामा पानी जम्न दिन नहुने कुरा अभिमुखीकरणबाट थाहा पाएकाले अभियानमा सबैलाई सक्रिय बनाउने कार्यक्रमका सहभागिहरुले प्रतिबद्धता जनाएका छन् ।



    bouddhatimes bouddhatimes    
  • १३ आश्विन २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP