logo
  • २६ जेष्ठ २०८३, मंगलवार | Tue, 09 Jun 2026
  • विश्व पर्यटन दिवसको अवसरमा सहिद स्मृति पार्क सरसफाई

    • bouddhatimes bouddhatimes
    • ११ आश्विन २०८१ शुक्रबार
    विश्व पर्यटन दिवसको अवसरमा सहिद स्मृति पार्क सरसफाई

    प्यूठान ।विश्व पर्यटन दिवसको अवसरमा पर्यटकीय स्थल सहिद स्मृति पार्क गाँजुरीमा सरसफाई गरिएको छ । ४५ औँ विश्व पर्यटन दिवसको अवसरमा प्युठान नगरपालिका वडा नंम्बर ४ स्थित सहिद पार्कमा आज बिहान सरसफाई कार्यक्रम सम्पन्न गरेको होटल व्यवसायी संघ तथा पर्यटन सूचना केन्द्र प्युठानले जनाएको छ । होटल ब्यवसायी महासंघ नेपालका सचिव धनेश्वर भण्डारी, लुम्बनी प्रदेशका बरिष्ठ उपाध्यक्ष ददिराम भण्डारी, संघका पदाधिकारी, स्थानीय, समाजसेवी, लगायतको उपस्थितिमा सरसफाई कार्यक्रम गरिएको हो ।

    पछिल्लो समय सहिद पार्कमा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । पिकनिक खान तथा घुम्न आउनेहरुले जथाभावी रुपमा फालेका फोहोरहरुलाई ब्यवस्थित गदै पार्कलाई सफा, स्वच्छ तथा सुन्दर बनाइ सम्पदाको संरक्षण गर्ने उद्देश्यका साथ सरसफाई कार्यक्रम गरेको होटल व्यवसायी संघ तथा पर्यटन सूचना केन्द्र प्युठानका जुद्ध बहादुर कुवँरले बताए । पार्कमा भएका बिभिन्न फोहोरहरुलाई संकलन गरी ब्यवस्थित गरिएको बताए ।

    ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन ’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ दिवस मनाइँएको छ ।



    bouddhatimes bouddhatimes    
  • ११ आश्विन २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP