logo
  • २९ आश्विन २०८२, बुधबार | Wed, 15 Oct 2025
  • नौबहिनी गाउँपालिका ४ मा अन्न राख्ने उरिममा आगलागी, ५ लाख बराबरको क्षती

    • bouddhatimes bouddhatimes
    • १३ आश्विन २०८१ आईतवार
    नौबहिनी गाउँपालिका ४ मा अन्न राख्ने उरिममा आगलागी, ५ लाख बराबरको क्षती

    प्युठान । प्युठानको नौबहिनी गाउँपालिका ४ मौरिवाङमा अन्नपात राख्नको लागि बनाइएको उरिममा आगलागी हुँदा लाखौंको क्षती भएको छ । स्थानीय भिम बहादुर पुनको दुई तले ढुङ्गाले छाएको उरिममा आज बिहान आगलागी भएको वडा अध्यक्ष भिम बहादुर घर्तिले जानकारी दिए । आगलागी हुँदा उरिममा भखरै भित्रएर राखेको नयाँ मकै, अन्य अन्न, भाडाकुडा र लत्ताकपडा लगाएतका सामानहरु पुर्ण रुपमा जलेर नष्ट भएको अध्यक्ष घर्तिले बताए । आगलागीबाट ५ लाख बराबरको क्षती भएको उनले बताए ।

    बिहान साढे ६ बजेतिर लागेको आगोलाई नियन्त्रणमा लिन खोजे पनि नियन्त्रण गर्न नसिकएको वडा अध्यक्ष घर्तिको भनाइ छ । उरिममा बिहान आगो बालेर गाईभैसीलाई दाना पानी खुवाएको र त्यसपछि फर्केर आउँदा एक्कासी आगो लागेको देखेको अग्नीपडित भिम बहादुर पुनले बताए ।



    bouddhatimes bouddhatimes    
  • १३ आश्विन २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP