logo
  • २ कार्तिक २०८२, शनिबार | Sat, 18 Oct 2025
  • संविधान दिवसको अवसरमा २४ जनाले रक्तदान गरे

    • bouddhatimes bouddhatimes
    • ३ आश्विन २०८१ बिहीबार
    संविधान दिवसको अवसरमा २४ जनाले रक्तदान गरे

    प्युठान ।
    संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा जिल्लामा २४ जनाले रक्तदान गरेका छन् । जस्पुर र बिजुवारमा छुटाछुट्टै आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका हुन । माण्डवी गाउँपालिकाको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा प्यूठानको सहकार्यमा आज बिहान जस्पुरमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेको नेपाल स्वयंसेवी रक्तदाता समाजका सदस्य जीवन खनालले जानकारी दिए ।

    गाउँपालिकाको कार्यालयमा गरिएको रक्तदान कार्यक्रममा माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी रोसन, प्रमुख प्रशासकिय अधिकृत प्रकाश पाण्डे, स्वास्थ्य शाखा प्रमुख धुव्र पोख्रेल,गाउँपालिकाका प्रवक्ता जितामित्र, सुनार, कर्मचारी, जिल्ला ट्राफिक कार्यालय प्यूठानका प्रमुख सरोज केसी सहित १० जना ट्राफिक प्रहरी, स्थानिय लगायतले रक्तदान गरेको बताए । बिरामिहरुलाई आवश्यक पर्ने रगतलाई मध्येनजर गदै दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी रोसनले बताए ।

    यस्तै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठान, स्वास्थ्य कार्यालय र प्यूठान अस्पतालको संयुक्त आयोजनामा दिउँसो बिजुवारमा गरिएको रक्तादान कार्यक्रममा ४ जनाले रक्तदान गरेको खनालले बताए ।



    bouddhatimes bouddhatimes    
  • ३ आश्विन २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP