logo
  • २९ आश्विन २०८२, बुधबार | Wed, 15 Oct 2025
  • कांग्रेस केन्द्रीय समिति बैठकमा सुरक्षा व्यवस्था कडा, नेताहरू पुग्न थाले बैठक स्थल

    • bouddhatimes bouddhatimes
    • २८ आश्विन २०८२ मंगलवार
    कांग्रेस केन्द्रीय समिति बैठकमा सुरक्षा व्यवस्था कडा, नेताहरू पुग्न थाले बैठक स्थल

    २८ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकका लागि नेताहरू पार्टी कार्यालय पुग्न थालेका छन् ।

    जेनजी आन्दोलनमा आगजनी भएको पार्टी कार्यालयमै बैठक बस्न लागेको हो ।

    बैठकका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीहरूको बाक्लो उपस्थिति छ ।

    कार्यालय प्रवेश गर्ने मुख्य ढोका भन्दा बाहिर नै भित्र प्रवेश गर्नेहरूलाई प्रहरीले जाँच गरेको छ । सञ्चारकर्मीहरूलाई पनि सूचना विभागको पासको आधारमा प्रवेशको व्यवस्था मिलाइएको छ ।

    नेताहरूका गाडीलाई बाहिर राखिएको छ । बाहिरै ‌ओर्लिएर नेताहरू हिँडेर कार्यालय प्रवेश गरेका छन् । आजको बैठकमा सभापति शेरबहादुर देउवा पनि उपस्थित हुने तयारी छ ।



    bouddhatimes bouddhatimes    
  • २८ आश्विन २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP