logo
  • १८ फाल्गुन २०८२, सोमबार | Mon, 02 Mar 2026
  • काठमाडौं महानगरले मनायो ३१औं स्थापना दिवस (तस्वीरहरू)

    • bouddhatimes bouddhatimes
    • १ पुष २०८२ मंगलवार
    काठमाडौं महानगरले मनायो ३१औं स्थापना दिवस (तस्वीरहरू)

    २९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले ३१ औं स्थापना दिवस मनाएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा महानगरले स्थापना दिवस मनाएको हो ।

    सोमबार सैनिक मञ्चमा टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा दिवसको आयोजना गरिएको हो ।

    कार्यक्रममा विभिन्न जातजातिको सांस्कृतिक झाँकी र सांगीतिक प्रस्तुति देखाइएको छ । साथै विभिन्न श्रष्टाहरुलाई सम्मान पनि गरिएको छ ।

    स्थापना दिवसकै अवसरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा २३५ जना परम्परागत बाजा गुरुहरूलाई जनही नगद ३० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

    हेर्नुहोस् तस्वीरहरू : 

     



    bouddhatimes bouddhatimes    
  • १ पुष २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP