logo
  • १८ फाल्गुन २०८२, सोमबार | Mon, 02 Mar 2026
  • ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता

    • bouddhatimes bouddhatimes
    • १ पुष २०८२ मंगलवार
    ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता

    २९ मंसिर, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ ।

    सो क्रममा पोखरेलले केहीबेरअघिमात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन कार्यतालिका अनुसार, मतदान भोलि हुँदैछ ।

    पोखरेलसँग अध्यक्षमा केपी शर्मा ओलीले प्रतिस्पर्धा गर्दैछन् । उनीहरू दुवै जना प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।



    bouddhatimes bouddhatimes    
  • १ पुष २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP