logo
  • ५ कार्तिक २०८२, मंगलवार | Tue, 21 Oct 2025
  • संविधान दिवसकाे अवसरमा महेन्द्र मा.वि.मा एकल नृत्य प्रतियाेगिता सम्पन्न

    • bouddhatimes bouddhatimes
    • २ आश्विन २०८१ बुधबार
    संविधान दिवसकाे अवसरमा महेन्द्र मा.वि.मा एकल नृत्य प्रतियाेगिता सम्पन्न

     

    प्युठान । संविधान दिवसको अवसरमा महेन्द्र मावि खलंगामा एकल नृत्य तथा कुर्सी दौड प्रतियोगिता सम्पन्न भएको छ । सरस्वती सामुदायिक सिकाई केन्द्र खलंगाको आयोजनामा आधारभुत स्तरीय एकल नृत्य तथा कुर्सी दौड प्रतियोगिता सम्पन्न गरिएको हो ।

    एकल नृत्यतर्फ प्रथम महेन्द्र मावि खलंगाकी आश्मा गुरुङ, महेन्द्र मावि खलंगाकै रजिना सुनार द्वितीय र तृतीय जनजागृती मावि कसेरीकी अनिस्मा खड्का तृतीय भएकी छन् ।

    त्यस्तै छात्रा कुर्सी दौडतर्फ खलंगा आधारभुत विद्यालय खलंगाकी अनिसा राना मगर प्रथम,जनजागृती मावि कसेरीकी करिना खड्का द्वितीय र महेन्द्र मावि खलंगाकी सुभानी गुरुङ तृतीय भएको बिद्यालयका शिक्षक धुव्र गिरीले जानकारी दिए । त्यस्तै छात्रतर्फ खलंगा आधारभुत विद्यालय खलंगाका सुमन बिक प्रथम,जनजागृती मावि कसेरीका विनोद केसी द्वितीय र महेन्द्र मावि खलंगाका रोहित थापा तृतीय भएका छन् । प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार स्वरुप शैक्षिक सामाग्रीहरु प्रदान गरिएको थियो ।

    महेन्द्र मावि खलंगाका सहायक प्रध्यानाध्यापक लोक बहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा मल्लरानी गाउँपालिकनका शिक्षा तथा खेलकुद युवा शाखा प्रमुख ठाकुर आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।



    bouddhatimes bouddhatimes    
  • २ आश्विन २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP