logo
  • २० फाल्गुन २०८२, बुधबार | Wed, 04 Mar 2026
  • प्यूठानमा देखिएको खानेपानी समस्या समाधान गर्छु ः मन्त्री थापा

    • bouddhatimes bouddhatimes
    • १ आश्विन २०८१ मंगलवार
    प्यूठानमा देखिएको खानेपानी समस्या समाधान गर्छु ः मन्त्री थापा

    रविन विश्वकर्मा,प्युठान ।

    लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा ) ले जिल्लामा स्वच्छ प्यूठानमा देखिएको खानेपानी समस्या समाधान गर्ने बताउनुभएको छ । मंगलबार नेपाल प्रेस युनियन जिल्ला शाखा प्यूठानले जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताउनुभएको हो । पत्रकारले राखेका प्रश्नको जावाफ दिदै मन्त्री थापाले जिल्लामा देखिएको खानेपानी समस्या समाधान गरी स्वच्छ खानेपानीको ब्यवस्था गर्न आफु दृढ रहेका बताउनुभयो।

    “जिल्लाको खानेपानीको समस्या तथा बजेट अभावमा अलपत्र परेका बिभिन्न आयोजनाहरुको बिषयमा बिभिन्न जनगुनासोहरु आइरहेकाले डिभिजन कार्यालयसंग जानकारी लिन थालेको छु, मन्त्री थापाले भन्नुभयो, “जिल्लामा पुर्ण हुन लागेका, रोकिएका आयोजना के कति छन्, संघ र प्रदेशका आयोजना कति हुन र तिनिहरुको लागत कति भए आयोजनाहरु पुर्ण हुन्छन भन्ने विवरण लिएर तिव्र गतिमा काम अगाडि बढाउने छु ।”प्रदेशका सबै जिल्लामा अलपत्र रहेका योजनालाई कसरी ब्यवस्थित गर्ने, खानेपानीको सुबिधा मात्र नभएर स्वच्छ खानेपानीको ब्यबस्थापन गर्नुपर्छ भन्नेमा आफु सचेत रहेको उहाले बताउनुभयो।

    प्रदेशका १२ वटा जिल्लामा एक सय ६८ खानेपानी योजना यो वर्ष पुरा हुने बताउनुभयो। रोल्पा, बर्दिया र नवलपरासीमा खानेपानी डिभिजन कार्यालय स्थापना गरिएको समेत बताउनुभयो ।
    थापाले सत्तामा नेतृत्व गरेर गएकाहरुले जिल्लालाई बिकास गर्नुपर्छ भन्ने रुपले हेर्न नसक्दा अन्य जिल्ला भन्दा प्यूठान जिल्ला बिकासको दृष्टिकोणले पछाडि परेको बताउनुभयो । जिल्लालाई कसरी बिकासको बाटोमा डो¥याउने र कार्यकाल सफल बनाउने तर्फ आफ्नो ध्यान केन्द्रित रेहकाले यो अवसरलाई जिल्लाको बिकासको लागि खर्चिने बताउनुभयो । पार्टी भन्दा माथि उठेर प्यूठान जिल्लाको समग्र बिकासका नित्तित काम गर्न तयार रहेको उहाले बताउनुभयो । “प्यूठानी जनताको वास्तविक आवश्यकता के हो त्यसको पहिचान गरी अब आउने बजेट बनाउँछु ” मन्त्री थापाले भन्नुभयो ।

     



    bouddhatimes bouddhatimes    
  • १ आश्विन २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP